२७ असार २०८३, शनिबार

मोटोपनले क्यान्सरको खतरा

मंसिर २२, २०७७
मोटोपनले क्यान्सरको खतरा

मोटोपन स्वमं एक बिरामी भएको बताइन्छ । जो आफ्नो साथ अन्य कैयौं बिरामी पनि निम्त्याउँछ । अमेरिकामा भएको एक अध्ययनअनुसार मोटा व्यक्तिहरुलाई ठूलो आन्द्रामा क्यान्सरको खतरा अन्य व्यक्तिको तुलनामा ५० प्रतिशत बढी हुन्छ ।

कोलोरेक्टर क्यान्सरलाई पेट र आन्द्राको क्यान्सरका रुपमा पनि बुझिन्छ । कोलोरेक्टल क्यान्सर ठूलो आन्द्रको कोलोन र रेक्टम क्षेत्रमा हुर्किने गर्दछ ।

अमेरिकाको फिलाडेल्फिया थोमस जेफरसन विश्वविद्यालयका एक प्रोफेरस स्कट वाल्डमनका अनुसार अध्ययनअनुसार कोलोरेक्टल क्यान्सरको उपचार हार्मोन रिप्लेसमेन्ट थेरापीको सहायताबाट गरिन्छ । 

सोधार्थीका अनुसार माध्यता प्राप्त औषधि लाइनोक्लोटाइडको पनि खोज गरिएको छ । जो क्यान्सर निर्माणलाई रोक्ने र मोटा व्यक्तिहरुलाई कोलोरेक्टरल क्यान्सरबाट बच्नका लागि सहयोगी बन्नेछ । 

वाल्डमेनले भनेका छन्, ‘लाइनोक्लोटाइड औषधि त्यस्तो हार्मोनजस्तै काम गर्छ । जसको कमी मोटा व्यक्तिहरुमा पाइन्छ ।’

अध्ययनकर्ताले मोटापनका कारण ग्वानिलीन हाम्रोनको कमी हुने पत्ता लगाएका छन् । जसको निर्माण आन्द्राको एपिथियम कोशिकाद्वारा हुने गर्दछ ।

लाइनोक्लोटाइडको औषधि माटोपन भएका व्यक्तिमा ट्युमरलाई नियन्त्रण गर्ने हाम्र्रोनलाई पनि सक्रिय बनाउँदै क्यान्सरको उपचारमा सहयोगी बन्दछ । यो सोध क्यान्सर रिसर्च पत्रिकामा प्रकाशित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्