२४ असार २०८३, बुधबार

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँच सहज हुँदै

मंसिर २२, २०७७
अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँच सहज हुँदै

सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सिबिएमसहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालमा पहुँचयुक्तता : प्रवद्र्धनको अवस्था र अबको बाटो’ विषय कार्यक्रममा सो मन्त्रालयका सहसचिव अनिकुमार दत्तले सूचना तथा सञ्चार नीतिअनुसार विशेष क्षमता भएका व्यक्तिको सूचनामा सहजताका लागि कार्यक्रम तर्जुमा गरिएको र अनुकूल मोबाइल एप्स निर्माण गरिएको बताए ।

उनले प्रत्येक निकायले निर्माण गर्ने वेबसाइट र इन्टरनेट सेवालाई त्यस्ता व्यक्तिको पहुँचयुक्त बनाउन नयाँ निर्देशिकाको तयारी भइरहेको जानकारी दिए। 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले राज्यका भवन तथा सेवासम्बन्धी अलगअलग निर्देशिका कार्यान्वयनमा रहेको र थप अनुकूल बनाउन संशोधन गरिने बताए । उहाँले अपाङ्गमैत्री नेपाल निर्माणको लक्ष्यसहित राष्ट्रिय कार्ययोजनाका लागि कार्यदल गठन गरिएको पनि जानकारी दिए । 

महासङ्घका अध्यक्ष मित्रलाल शर्माले सरकारले आफूहरुले गरेको वकालतका आधारमा अपाङ्गतामैत्री नीति र संरचना बन्न थाले पनि सबै क्षेत्रमा सहजता नभएको बताए । कार्यक्रम संयोजक विमल पौडेलले आफूहरुको अध्ययनमा काठमाडौँ उपत्यकाका १५० सार्वजनिक संरचनामा १२ प्रतिशतमा मात्रै आंशिक पहुँचयुक्तता पाइएको बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्