३२ असार २०८३, बिहीबार

राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

मंसिर २२, २०७७
राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

देशका विभिन्न ठाउमा पूर्वराजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले मंगलवार दिउसोको लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको बालुवाटार स्रोतले बतायो ।

एक महिना यता देशका विभिन्न स्थानमा राजावादीका प्रदर्शन भइरहेका छन् । गत शनिवार प्रधानमन्त्री ओलीको गृहजिल्लामा पनि राजावादीको बृहत् प्रदर्शन भएको थियो ।

हिजो मात्र नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले गणतन्त्रविरुद्ध राजावादीको प्रदर्शनबारे विशेष प्रस्तावमा छलफल गर्न नेकपाका अध्यक्षद्वयलाई पत्र दर्ता गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्