१० साउन २०८३, आइतबार

बंगलादेशले भुटानसँग गर्‍यो विशेष व्यापार सम्झौता

मंसिर २२, २०७७
बंगलादेशले भुटानसँग गर्‍यो विशेष व्यापार सम्झौता

बंगलादेशले आइतवार भुटानसँग पहिलोपटक विशेषधिकारयुक्त व्यापार सम्झौता गरेको छ । यसले दुई देशबीचको व्यापार प्रवर्द्धन गर्नेछ । 

बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्शी र भुटानका आर्थिक मामिला मन्त्री ल्योन्पो लोकनाथ शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् । 
 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री लोटे छिरिङले आआफ्नो आधिकारिक निवासबाट उक्त हस्ताक्षर समारोहमा भर्चुअल सहभागिता जनाएका थिए । 

बंगलादेश स्वतन्त्र भएदेखि पहिलोपटक यस्तो किसिमको द्विपक्षीय व्यापार सम्झौता गरेको हो । 

आइतवार अर्थात् डिसेम्बर ६ को दिन नै सन् १९७१ मा बंगलादेशको स्वतन्त्रतालाई पहिचान गर्ने संसारको पहिलो मुलुक भुटान बनेको थियो । 

बंगलादेश र भुटानबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सव पनि मनाइँदैछ । 

यस सम्झौतासँगै बंगलादेशका १०० वटा उत्पादनले भुटानमा आयातकररहित पहुँच पाउनेछन् । भुटानका चाहिँ ३४ उत्पादनले बंगलादेशको बजारमा पहुँच पाउनेछन् । 

दुवै देशले पारस्परिक सल्लाहबमोजिम वस्तुको संख्या बढाउनेछन् । 

दुई देशबीचको द्विपक्षीय व्यापारको दर आर्थिक वर्ष २०१८–१९ मा ४ करोड ९६ लाखभन्दा बढी थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्