०८ असार २०८३, सोमबार

८७ घण्टामा २०८ देशको यात्रा

मंसिर २२, २०७७
८७ घण्टामा २०८ देशको यात्रा

घुम्न बानी परेकालाई जति ठाउँ गए पनि उनीहरु तृत्त हुँदैनन् । अझै नयाँ तथा रहस्यम क्षेत्र घुम्ने चाहना बढ्दै जान्छ । उनीहरु पूरै दुनियाँ देख्न चाहान्छन् ।

आज हामी यस्तै एक महिलाका बारेमा जानकारी दिँदैछौं । जसले ८७ घण्टाको अवधिमा पूरै २०८ देशको भ्रमण गरेकी छन् । कतिलाई त यो असम्भव पनि लाग्न सक्छ तर उनले आफ्नो सपनालाई साकार पारिन् । 

तीन दिनमा उनले सात महादेशका २०८ देश भ्रमण गरे आफ्नो नाम ग्नीज बुकमा लेखाएकी छन् । यी महिलाको नाम डा. खावला अल रोमाथी हो । उनी संयुक्त अरब इमिरेट्स निवासी हुन् । 

उनले यो यात्रा तीन दिन १४ घण्टा ४८ मिनेटमा पूरा गरेकी छन् । डा. रोमाथी १० फेब्रुअरी २०२० मा यूएइबाट शुरु भएको आफ्नो यात्रा अस्ट्रेलियाको सिँड्नी पुरेर टुंग्याइन् ।

त्यसपछि उनले आफ्नो नाम ग्गीन बुकमा दर्ताका लागि पठाइन् । जब उनको नाम दर्ता भयो । त्यसपछि उनले आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी हुन् । 

यात्राका दौरान कैयौं ठाउँबाट घर फर्किन मन लागे पनि एउटा सपना बोकेर हिँडेकाले पूरा गर्न लागिपरेको उनले बताएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्