
एक महिलाको पेट पछिल्लो तीन महिनादेखि असामान्य तरिकाले फूलिरहेको थियो । उनलाई पटक–पटक वान्ता पनि भइरहेको थियो ।
यस्ता लक्षण देखेपछि परिवारका सदस्यले गर्भवती भएको भन्दै राम्रो अस्पतालमा मेडिकल चेकअपका लागि लिए । तर, त्यहाँ जाँचका क्रममा जुन रिपोर्ट आयो त्यसपछि सबै अचम्ममा परे ।
महिलाको पेटमा बच्च नभई १० किलो तौलको ट्युमर रहेको पाइयो । जसलाई चिकित्सकले अप्रेसन गरेर निकालेका छन् । यो घटना बंगालको कटवा अस्पतालमा भएको थियो ।
प्राप्त जानकारीअनुसार नदिया जिल्लाको कालीगन्जमा बस्दै आएकै एक खोसनेहारकी पत्नीको तीन महिनादेखि पेट फूल्न सुरु भएको थियो । उनलाई वान्ता पनि हुन थालेको थियउो ।
उनको पहिला नै एक छोरा र एक छोरी छन् । घर परिवारले पुनः गर्भवती भएको सोँचे ।
उसकी सासू नइमा बीबीले भनिन्, ‘पछिल्लो तीन महिनादेखि बुहारीको हामीले यसरी ख्याल राख्यौं जुन गर्भवती भएका बेला गरिन्छ । अर्कोपटक नाती वा नातिनीमध्ये केही जन्मिन्छ भन्ने मलाई लागेको थियो । तर, जब पछि असमान्य लक्षण देखिन थाले अनि शंका लागेर चिकित्सककोमा लिएर गयौं ।’
मेडिकल टेस्टपछि चिकित्सक पनि आश्चर्यचकित भएका थिए । पछि अप्रेशन गरेर उक्त ट्युमर निकालिएको थियो ।