
हलिउड अभिनेत्री जेनिफर उनिस्टन पति जस्टिन थेरक्सको कपडाको रंगमा केही परिवर्तन गरिएको छ । उनी आफ्नो पतिको निरस रंगमा देखेर दिक्क भइसकेकी छन् ।
वेबसाइट ‘पीपुल्स डककम’को रिपोर्टअनुसार जेनिफर दैनिक आफ्नो पतिलाई निरस रंगका कपडा लगाएको देखेर हैरान भइसकेकी छन् । यसैकारण उनले आफ्ना पतिका लागि अलमारीमा रंगीविरंगी कपडा संकलन गरेर राखेकी छन् ।
‘कालो रंगबाहेक अन्य रंग राम्रो लाग्छ’, उनले भनेकी छन् । यो वेबसाइटले २० अप्रिलको अंकमा जेनिफरलाई विश्वकै २०१६ सबैभन्दा सुन्दर महिलाको उपाधिबाट सम्मान गरेको थियो । उनको फेसनलाई निरन्तर अरुले फलो गर्दै आएका छन् ।
यसमा जेनिफरले भनेकी छन्, ‘मलाई लाग्छ कि म पहिलेजस्तै हुँ । मलाई टाइट जिन्समा देखेर मानिसहरु खुसी हुन्छन् । तर पहिलेको तुलनामा अब यो जिन्स पनि पातलो हुँदै गएको छ ।’ जेनिफर र जस्टिनबीच आठ महिनाअघि बिहे भएको थियो ।