
विश्वमा अनेक प्रकारका जीवजन्तु छन् । जसलाई अधिकांश मानवजातिले देखेकै छैन । यीनलाई पृथ्वीको अपरिचित जीवनका रुपमा जानिन्छ । यीनलाई देख्नेलाई पनि आश्चर्य लाग्दछ ।
नेकेड मोल रेट
नेकेड मोल रेट नामको यो अजिव देखिने जीव पूर्वी अफ्रिकामा पाइन्छ । यो एक खास तरिकाको मुसा प्रजातिमा पर्दछ । तर, यसको छाला अन्य मुसाको जस्तो हुँदैन । नजिकबाट देख्दा यस्तो लाग्छ कि यसको छाला कसैले निकालेको छ । नेकेड मोल रेटको विशेषता के हो भने यसको शरीरमा कुनै रौं हुँदैन । तर, यसको शरीरको छाला कुनै बुढो व्यक्तिको जस्तै देखिन्छ ।

साँगा एन्टीलोप
साँगा एन्टीलोप नामको यो प्राणी कुनै हरिणजस्तो देखिन्छ । तर, यो हरिण भने होइन । यो खास प्राणीको लामो नाक हुन्छ । जो देख्दा निकै भद्दा लाग्छ । यसको यही नाकले नै अरु जनावरभन्दा फरक देखाउँछ । यो खासगरी रुस र कजाकिस्तानमा पाइन्छ ।

पिंक फेयरी अर्माडिलो
पिंक फेयरी अर्माडिलो नामको यो जीव पनि हेर्दा मुसाजस्तै देखिन्छ । यसको शरीरको माथिल्लो क्षेत्र हेर्दा कुनै पत्र माथिबाट अलग तरिकाले जोडिएको जस्तो देखिन्छ । यो जीव दुलो पार्नमा माहिर हुन्छ । यो जीवको खन्ने गति यति तिव्र हुन्छ कि पानीमा कोही तैरिरहेको जस्तो देखिन्छ ।

लेम्प्रे माछा
लेम्प्रे नामको यो माछा आर्कटिक महासागरमा पाइन्छ । जसलाई देखेपछि जो कोही त्रसित हुन्छन् । यो माछाले आफ्नो तिखो र घुमाउरो लामो दाँतले एकपटक कुनै शिकार समात्यो भने त्यसको बच्न असम्भव नै हुन्छ । यो माछाले आफ्नो शिकारलाई खाँदैन तर, त्यसमाथि दाँत गडाउँछ । कैयौं दिनसम्म यस्तो भएपछि शिकारको मृत्यु हुन्छ ।
