२८ जेठ २०८३, बिहीबार

पत्नीसँगको झगडापछि रिस शान्त पार्न साढे चारसय किलोमिटर पैदल यात्रा

मंसिर २३, २०७७
पत्नीसँगको झगडापछि रिस शान्त पार्न साढे चारसय किलोमिटर पैदल यात्रा

पतिपत्नीबीच झगडा हुनु सामान्य कुरा हो । भनिन्छ पतिपत्नीको झगडा परालको आगो हो । तर, इटलीमा पतिपत्नीबीच एक यस्तो झगडा भयो कि, झगडापछि पति घरबाटै निस्किएनन् मात्रै, रिस शान्त गर्नका लागि ४५० किलोमिटर पैदल हिँडे । 

इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यी ४८ वर्षीय पुरुष इटलीको कोमो शहरमा रहँदै आएका हुन् । पत्नीसँगको झगडा पछि उनी पैदल हिँड्दै फानो शहरमा पुगेका छन् । दुवै शहरबीच ४२६ किलोमिटर दूरी छ । यी व्यक्तिले फानो शहर पुगिसकेपछि पनि ३० किलोमिटर टाढा रहेको एड्रिटिठक कोस्टसम्म यात्रा पूरा गरे । 

जब यी व्यक्तिले प्रहरीसँग ४५० किलोमिटर पैदल हिँडेको कुरा सुनाए त तब प्रहरीलाई नै विश्वास भएन । उनले यस घटनाबारे पूरै प्रमाणसहित बताएपछि प्रहरीले पत्यायो । उनकी पत्नीले कोमो शहरमा एक साताअघि पति हराएको रिपोर्ट लेखाएकी थिइन् । 

खबरअनुसार उनी चिसोका कारण बिरामी परेका र धेरै थाकेका पनि थिए । उनले भने, ‘म यति धेरै रिसाएको थिएँ कि मलाई पत्तो नै भएन म कति टाढा पुगेको छु भन्ने कुरा । केवल रिस सान्त पार्न घरबाट निस्किएको थिएँ । बाटोमा अपरिचित व्यक्तिहरुले मलाई खाना खुवाए ।’ उनले एक दिनमा ६३ किलोमिटरको दूरी यात्रा गरेका थिए । 

जानकारी पाएपछि पत्नी आफ्ना पतिलाई लिन फानो शहर पुगिन् । उनले भनिन्, ‘एक साताअघि मसँग झगडा गरेपछि तिव्र गतिमा घरबाट निस्किएका थिए । र उनी त्यस दिनदेखि बेपत्ता भएका थिए ।’ उनले आफ्ना पतिलाई फिर्ता ल्याउन फानो प्रहरीलाई ४०० युरो तिरेकी छन् । उनले रात्रिकालीन कर्फ्यु उल्लंघन गरेको प्रहरीले आरोप लगाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्