
आफ्नो पतिलाई धोका दिएपछि पुरुषले कुट्ने पिट्ने गरेको समाचार त समान्य जस्तै भइसकेको छ । तर, नाइजेरियामा एक दुर्लभ घटना भएको छ । जुन घटना सार्वजनिक भएपछि सबै अचम्ममा परेका छन् । एक करोडपतिका साथ उनीकी ६ मध्ये पाँच पत्नीले निरन्तर बलात्कार गरेका छन् । तबसम्म उनीहरुले पतिलाई छाडेनन् जबसम्म पतिको मृत्यु भएन ।
आफ्ना पतिले छैठौं पत्नीका रुपमा भित्रिएकी युवतीलाई मात्रै बढी समय र माया दिने गरेको पाँच पत्नीहरुको आरोप थियो । नाइजेरियाको समाचारपत्र ‘डेली पोस्ट’मा प्रकाशित रिपोर्टअनुसार विनेयू प्रान्तका करोडपति युरोको ओनोजा आफ्नी छैठौं पत्नीका साथ यौन सम्बन्ध राखिरहेका थिथए । त्यसैबेला उनकी अरु पाँच पत्नी पनि हातमा चक्कु लिएर आइन् ।
उनीहरुले आफूहरु पाँचैसँग यौन सम्बन्ध नराखे ज्यान मार्ने धम्की दिएपछि ओनोजा यौन सम्बन्धका लागि तयार भए । केहीअघि विरोध गरे पनि पाँचै जनाले नियन्त्रणमा लिएर छैठौं पत्नीसँग गरिएको यौन सम्बन्धको विपरित जेष्ठताका आधारमा सम्बन्ध बनाउन दवाव दिए ।
लगातार पाँचै पत्नीसँग यौन सम्बन्ध राख्ने क्रममा अधिक दवाव परेकाले उनको घटनास्थलमै मृत्यु भएको डेली पोस्टले लेखेको छ । ओनोजाकी छैठौं पत्नीका अनुसार ओनोजाको मृत्यु भइसकेको देखेर पाँचै पत्नी जंगलतर्फ भागेकी थिइन् । गाउँका प्रमुख ओकेपे ओदोहले भने, ‘यस घटनाको जानकारी प्रहरीलाई दिएका छौं । अहिले दुई पत्नीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।’