०३ साउन २०८३, आइतबार

५१ % घरपरिवारमा पुग्यो इन्टरनेटको पहुँच, झण्डै ८० % महिलाले चलाउँछन् आफ्नै मोबाइल

मंसिर २३, २०७७
५१ % घरपरिवारमा पुग्यो इन्टरनेटको पहुँच, झण्डै ८० % महिलाले चलाउँछन् आफ्नै मोबाइल

नेपालमा हालसम्म ५१.१ प्रतिशत घरपरिवारमा इन्टरनेटको पहुँच पुगेको पाइएको छ । 

केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल वहुसूचक सर्वेक्षण, २०७५-७६  अनुसार अनुसार प्रत्येक दुई जनामध्ये १ जनामा इन्टरनेटको पहुँच पुगेको पाइएको हो । 

विभागका अनुसार, १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलामा आफ्नै मोबाइल फोन रहेको छ । 

यस्तै ९२.४ प्रतिशत महिलाहरूले गत तीन महिनामा मोबाइल फोन प्रयोग गरेका छन् । 

विभागका अनुसार १५–४९ वर्ष उमेर समूहका पुरुषहरूमध्ये ९१.४ प्रतिशत पुरुषहरूसँग आफ्नै मोवाइल फोन रहेको छ । ९६.८ प्रतिशत पुरुषहरूले गत तीन महिनामा मोबाइल फोन प्रयोग गरेका छन् ।  

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार,१५–४९ वर्ष उमेर समूहका ४.१ प्रतिशत महिलाहरूले हप्तामा कम्तीमा एक पटक पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने गरेको पाइएको छ भने १२.९ प्रतिशत पुरुषहरू यसमा संलग्न छन् ।  

salt training

कमेन्ट गर्नुहोस्