
नेपाली समाजमा भनिन्छ नि पति–पत्नीको झगडा परालको आगो हो । एकैछिन झगडिए पनि पछि मेलामिलाप भइरहन्छ । तर, पछिल्लो समय ठूलैे विवाद होइन, सामान्य विवादमा पनि ठूलो दुर्घटना निम्तिएको छ ।
इटलीमा एक यस्तो घटना भएको छ, जसकारण पतिले चाढे चारसय किलोमिटरको दूरी पैदल हिँडेको पनि पत्तो पाएनन् । खबरअनुसार मध्यराति दुई पतिपत्नीबीच झगडा भएको र पत्नीको प्रहारपछि झोक्किएका पछि घरबाट हिँडेका थिए । एक सातापछि उनको खबर पत्ता लाग्यो ।
त्यही झोँकमा उनले एक शहरबाट अर्को शहरसम्मको यात्रा गर्दा पनि आफू किन यसरी हिँडिरहेको छु भन्ने पत्तो पाएनन् । इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यी ४८ वर्षीय पुरुष इटलीको कोमो शहरमा रहँदै आएका हुन् ।
पत्नीसँगको झगडापछि उनी पैदल हिँड्दै फानो शहरमा पुगेका छन् । दुवै शहरबीच ४२६ किलोमिटर दूरी छ । यी व्यक्तिले फानो शहर पुगिसकेपछि पनि ३० किलोमिटर टाढा रहेको एड्रिटिठक कोस्टसम्म यात्रा पूरा गरे ।
जब यी व्यक्तिले प्रहरीसँग ४५० किलोमिटर पैदल हिँडेको कुरा सुनाए त तब प्रहरीलाई नै विश्वास भएन । उनले यस घटनाबारे पूरै प्रमाणसहित बताएपछि प्रहरीले पत्यायो । उनकी पत्नीले कोमो शहरमा एक साताअघि पति हराएको रिपोर्ट लेखाएकी थिइन् ।
खबरअनुसार उनी चिसोका कारण बिरामी परेका र धेरै थाकेका पनि थिए । उनले भने, ‘म यति धेरै रिसाएको थिएँ कि मलाई पत्तो नै भएन म कति टाढा पुगेको छु भन्ने कुरा । झगडापछि हामीबीच हात हालालहाल भएको थियो, त्यही झोँकमा घरबाट निस्किएको थिएँ । बाटोमा अपरिचित व्यक्तिहरुले मलाई खाना खुवाए ।’ उनले एक दिनमा ६३ किलोमिटरको दूरी यात्रा गरेका थिए ।
जानकारी पाएपछि पत्नी आफ्ना पतिलाई लिन फानो शहर पुगिन् । उनले भनिन्, ‘एक साताअघि मसँग झगडा गरेपछि तिव्र गतिमा घरबाट निस्किएका थिए । र उनी त्यस दिनदेखि बेपत्ता भएका थिए ।’ उनले आफ्ना पतिलाई फिर्ता ल्याउन फानो प्रहरीलाई ४०० युरो तिरेकी छन् । उनले रात्रिकालीन कर्फ्यु उल्लंघन गरेको प्रहरीले आरोप लगाएको थियो ।