०१ असार २०८३, सोमबार

१४ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

मंसिर २३, २०७७
१४ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

दैलेखमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३८ वर्षीय ति बाबुले आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी उनले आफ्नै छोरीलाई बलात्कार गरेको बुझिएको छ ।

गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

यस विषयमा मुद्दा दर्ता भइ दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्