२८ जेठ २०८३, बिहीबार

थप १ हजार ३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

मंसिर २३, २०७७
थप १ हजार ३८२  जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

 पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, मंगलवार थप १ हजार ३ सय ८२ जनामा संक्रमण देखिएको हो । 

यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । 

हालसम्म मुलुकभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन् भने २ लाख २९ हजार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

मंगलवार मात्रै १ हजार ६ सय २१ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्