०१ असार २०८३, सोमबार

'गौ हत्या'को विरोधमा सुदूरपश्चिमका जिल्ला बन्द, १४ गाई मारिएको दावी

कात्तिक २०, २०७४
'गौ हत्या'को विरोधमा सुदूरपश्चिमका जिल्ला बन्द, १४ गाई मारिएको दावी
कैलाली, १० पुस–गौ हत्या(गाई हत्या)को विरोधमा सुदुर पश्चिमका जिल्लाहरुमा बन्दको अयोजना गरिएको छ ।

विभिन्न हिन्दूवादी संघसंस्थाले गौहत्याको विरोध गर्दै बन्दको आह्वान गरेका हुन् । बन्दका कारण कैलालीमा यातायात सञ्चालन भएका छैनन् भने अन्य जिल्लाका खासै प्रभाव देखिएको छैन ।

बुधबार भीमदत्त सडकखण्ड अन्तर्गत कैलालीको गोदावरीदेखि भ्यागुतेमा १४ वटा गाई र ११ वटा गारुलाई विष खुवाएर छाडिएको बन्दकर्ताहरुको दावी छ । त्यसको विरोधमा उनीहरुले र्‍यालीसमेत आयोजना गरेका छन् ।

कैलालीले प्रहरीले गाई गोरु बोक्न प्रयोग हुने दुईवटा ट्रक र चालकलाई नियन्त्रणमा लिएर छानविन गरिरहेको जर्नाको छ ।

salt training

कमेन्ट गर्नुहोस्