२२ जेठ २०८३, शुक्रबार

नेकपा र कांग्रेसबाट दर्जन बढी नेता समाजवादीमा प्रवेश

मंसिर २३, २०७७
नेकपा र कांग्रेसबाट दर्जन बढी नेता समाजवादीमा प्रवेश

दाङका दर्जन बढी नेकपा र नेपाली कांग्रेसका नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसमा नेकपाका र कांग्रेसका भातृ संगठनका केन्द्रीय सदस्यहरुसमेत रहेका छन् ।

मंगलबार भएको एक कार्यक्रमका बीच नेकपानिकट अखिल नेपाल किसान संघका केन्द्रीय सचिवालय सदस्य कृष्ण बैरागीले समाजवादी प्रवेश गरेका छन् ।

नेकपाप्रति बढ्दो वितृष्णाका बीच बैरागीले पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेको समाजवादीका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

यस्तै कांग्रेस दाङका युवा नेता ढुण्डीराज न्यौपाने, व्यवसायी तथा युवा नेता राजेश श्रेष्ठ, कांग्रेस निकट जनसम्पर्क समतिका पूर्व उपाध्यक्षसमेत रहेका यातायात व्यवसायी इन्द्रबहादुर डाँगीले पनि समाजवादीमा प्रवेश गरेका छन् । 

नेकपा जिल्ला नेता तथा पूर्व धारुवान राज्यसमितिका सदस्य गणेश लम्साल,  युवा नेता सुदन विक, कांग्रेसको तरुणदलका नेता जितु डाँगी, दिनेश खत्री, महिला संघकी नेतृ जानकी न्यौपाने, व्यवसायी तथा महिला नेतृ सरिता कुँवर, र महेन्द्रकुमार गिरीले पनि समाजवादी पार्टीमा प्रवेश गरेको डा. भट्टराईले जानकारी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्