२४ जेठ २०८३, आइतबार

यी मानिस दिनदिनै उडेर कार्यालय जान्छन्

मंसिर २३, २०७७
यी मानिस दिनदिनै उडेर कार्यालय जान्छन्

अफिस टाइममा ट्राफिक जाममा फसिँदा उडेर जान पाए हुन्थ्यो भन्ने आशा धेरै मानिसले राख्ने गर्छन् । बेलायतका एक प्यारामोटर ग्लाइडरले यसलाई सत्य साबित गरेका छन् । 

मैदानको बीचमा उभिएका टम प्राइडो–ब्रुनले पिठ्युँमा ठूलो जालीदार घेरा र प्यारामोटर ग्लाइडरले जोडिएका पट्टी बाँधेका छन् । 

उनी काँधमाथिबाट डोरो तानेर पछि बाँधिएको मोटर चलाउँछन् । मोटर अन हुनेबित्तिकै पिठ्युँमा बाँधिएको ठूलो पंखा घुम्न थाल्छ । 

प्राइडो–ब्रुन मैदानमा दौडन शुरू गर्छन् अनि १० देखि १२ कदम दौडिनेबित्तिकै हावामा उड्न थाल्छन् । 

उनको प्यारामोटर ग्लाइडर त्यतिखेरसम्म काम गर्न थाल्छ । त्यसले उनको शरीरको बोझ उठाइदिन्छ । 

टमको कार्यालय दक्षिणपश्चिमी बेलायतको विल्टशायरमा छ । मौसम सफा हुँदा उनी यसरी नै सधैं कार्यालय जान्छन् । 

उनी भन्छन्, ‘पाइलटका रूपमा हरेक बिहान म झ्यालका पर्दा हटाएर बाहिरको मौसम हेर्छु । बिहान सफा भयो भने मेरो गाडी चलाउन आनन्द आउँछ ।’

टम शहरमा बाइक चलाउँछन् वा पैदलै टहल्न मन पराउँछन् । तर उड्दा उनलाई बढी रोमाञ्चकारी र प्रेरणादायक अनुभव हुन्छ । 

घरबाट कार्यालय जानका लागि उनी शेरबोर्नदेखि डोर्सेटसम्म ३० किलोमिटर उड्छन् । 

पंखामा जोडिएको इन्जिनतर्फ देखाउँदै उनी भन्छन्, ‘ठूलो इन्जिन आवश्यक हुन्छ र त्यसमा चारदेखि पाँच लिटर इन्धन लाग्छ ।’

उनी लगभग ५० किलोमिटर प्रतिघन्टाको गतिमा उड्छन् । तर केही प्यारामोटर ग्लाइडर यसभन्दा पनि बढी गतिमा उड्न सक्छन् । 

गाउँमाथि हुँदै उड्दा उनले सुन्दर दृश्य समेत हेर्न पाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्