२८ जेठ २०८३, बिहीबार

आइतबारदेखि बेपत्ता बालिका मृतावस्थामा फेला, एक महिला पक्राउ

मंसिर २३, २०७७
आइतबारदेखि बेपत्ता बालिका मृतावस्थामा फेला, एक महिला पक्राउ

गत आइतबारदेखि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा भेटिएकी छन् । कालिका गाउँपालिका वडा नं १ राम्चे ग्राङ क्षेत्र, फैक्रिगाङ निवासी ६ वर्षीया सुमिना तामाङको शव राम्चे नजीक भीरको फेदस्थित ओढारमा आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता सरोज गिरीका अनुसार कक्षा १ मा अध्ययनरत बालिका यही मङ्सिर २१ गते बेलुका ग्राङ प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

अपहरण गरी घटना गराएको  आशङ्कामा एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्