२६ जेठ २०८३, मंगलबार

सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी नेपालबाटै

मंसिर २४, २०७७
सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी नेपालबाटै

फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । यस्तो व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी हुन भने बाँकी छ । निर्देशन जारी भएपछि अमेरिकी डलरको खाता नहुने सर्वसाधारणले पनि नेपालबाटै डलरमा विदेशमा भुक्तानी गर्न पाउनेछन् ।

‘बैंक तथा वित्तीय संस्था एवं विप्रेषण सेवा प्रदायक कम्पनीले विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण भित्र्याउन सक्ने र नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाबाट विद्युतीय भुक्तानी उपकरण (मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड, वालेट आदि) मार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्