
पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
मंगलवार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट ढकालको २ तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब १ लाख, ५ तोला सुनसमेत जल्दा करीब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी फिदिम नगरपालिकाका २ वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीय लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।