२२ जेठ २०८३, शुक्रबार

खोलामा पुल शिलान्यास भएपछि स्थानीय आशावादी

मंसिर २४, २०७७
खोलामा पुल शिलान्यास भएपछि स्थानीय आशावादी
प्रतिकात्मक तस्वीर

इलामस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीय आशावादी देखिएका छन् ।

पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीय आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका स्थानीयलाई ज्यान नै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ । अब भने केही सालमै पुल बनिने भएपछि स्थानीय खुशी देखिएका हुन् । 

‘अब पुलको सपना पूरा हुन्छ भन्नेमा छौं,’ स्थानीय बलबहादुर राईले भने, ‘शिलान्यासपछि केही आश पलाएको छ ।’ धरमुपुर र सिञ्जालीटार जोड्ने २५ मिटर लम्बाइको पुल १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मंगलवार शिलान्यास गरे ।

प्रदेश सरकार र माई नगरपालिकाको साझेदारीमा आउँदो २ वर्षभित्र पुल बनिसक्ने गरी ठेक्का लागेको छ ।

पुल शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले देश समृद्धिको यात्रामा अघि बढेका बेला पूर्वाधार विकासको काम धमाधम भइरहेको बताए । ‘बजेट पहिले नै निश्चित भएकाले यो पुल निर्माणका लागि आर्थिक अभाव रहँदैन,’ उनले भने, ‘पुल समयमै निर्माण सम्पन्न गरी स्थानीय उपभोक्तालाई सेवा दिन प्रदेश सरकार प्रतिबद्ध छ ।’ 

गरुवा खोलामा निर्माण हुने पुलले नगरको वडा ४, ५ र १० तथा सूर्याेदय नगरपालिकाको वडा १३ र १४ का नागरिक लाभान्वित हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्