१७ असार २०८३, बुधबार

बाथटबमा आनन्द लिँदै गरेको बाघको भिडियो भाइरल (भिडियोसहित)

मंसिर २४, २०७७
बाथटबमा आनन्द लिँदै गरेको बाघको भिडियो भाइरल (भिडियोसहित)

इन्टरनेटमा एउटा भिडियो अहिले निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक बाघलाई बाथटबमा आनन्द लिँदै गरेको छ । जसलाई देखेर सबै अचम्मीत भएका छन् । तपाइ पनि हेर्नुहोस् बाघले कसरी बाथटबमा आनन्द लिँदैछ । 

गर्मीमा जनावर अकसर तलाउनजिक पानी पिउँदै गरेको वा तलाउमा बसिरहेको त देख्नु सामान्य नै हो । तर, के अहिलेसम्म कुनै जनावर त्यो पनि बाघलाई बाथटबमा नुहाइरहेको देख्नुभएको छ ?

यदि देख्नुभएको छैन भने, यस भिडियोमा हेर्नुहोस् । कसरी बाघले बाथटबको आनन्द लिइरहेको छ । अहिले यो भिडियो सबैतिर भाइरल बनिरहेको छ । यस भिडियोमा तपाइँ देख्न सक्नुहुन्छ कि कसरी शान्त जंगलमा अचानक एक बाघ आउँछ र बाथटबमा भरिएको पानीमा बसेर आनन्द लिइरहेको छ । 

यो भिडियोलाई भारतीय कांग्रेस नेता जयराम रमेशले ट्वीटरमा शेयर गरेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘यो दृश्य कर्नाटकको कुर्ग इलाकाको हो ।’

भिडियोमा अचानक एक बाघ आउँछ, चारैतिर हेर्छ कतै कोही लुकिरहेको त छैन ? कसैलाई नदेखेपछि एक चक्कर लगाउँछ र बाथटबमा छलांग लगाउँछ । सामाजिक सञ्जालमा यो भिडियोे अहिले निकै भाइरल बनिरहेको छ । 

 

 

salt training

कमेन्ट गर्नुहोस्