२३ जेठ २०८३, शनिबार

युद्धका बाछिटा : आर्मेनियाका प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

मंसिर २४, २०७७
युद्धका बाछिटा : आर्मेनियाका प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

आर्मेनियाको राजधानी येरेभानमा विपक्षीहरूले प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामा माग्दै मंगलवार प्रदर्शन गरेका छन् । अजरबैजानसँग युद्धविराम गरेकोमा राजीनामा मागेकोमा पाशिन्यानले बेवास्ता गरेपछि विपक्षीहरूले प्रदर्शन गरेका हुन् । 

‘निकोल, देशद्रोही’ र ‘निकोलविनाको आर्मेनिया’ नारा लगाउँदै येरेभानमा सयौं प्रदर्शनकारीले सडक भरेका थिए । पाशिन्यानलाई मंगलवार मध्याह्नसम्म राजीनामा दिन भनिएको थियो तर उनले टेरेनन् । 

सन् २०१८ मा शान्तिपूर्ण क्रान्ति गरेर सत्तामा आएका पाशिन्यानले नागोर्नो–काराबाख र वरपरका क्षेत्रमा आर्मेनिया र अजरबैजानका सेनाबीचको हिंस्रक भिडन्त रोक्नका लागि गत महिना युद्धविराम सम्झौता गरेका थिए । 

उनले ६ हप्ता चलेको युद्ध व्यवस्थापन गर्न नसकेकाले अजरबैजानले आर्मेनियाका भूमिमा कब्जा जमाएको विपक्षीहरूको आरोप छ । 
 

पाशिन्यानले युद्धको परिणामको जिम्मेवारी लिएका छन् तर राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न तथा देशमा स्थिरता ल्याउन आफू जिम्मेवार रहेको बताएका छन् । 
 

विपक्षीहरूले आवश्यक परेमा देशभरिका सडक कब्जा गर्ने र यातायात ठप्प पार्ने योजना रहेको बताएका छन् । 
 

पाशिन्यायनले विरोध प्रदर्शनका विषयमा टिप्पणी गरेका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्