१७ असार २०८३, बुधबार

फुडमाण्डुको सर्भर ह्याक गरेर सूचना सार्वजनिक गर्ने पक्राउ

मंसिर २४, २०७७
फुडमाण्डुको सर्भर ह्याक गरेर सूचना सार्वजनिक गर्ने पक्राउ

नेपाल प्रहरीको साइबर अनुसन्धान ब्युरोले सर्भर ह्याक गरेर सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्ने एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौंस्थित फुडमाण्डुको सर्भर ह्याक गरे सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेको अभियोगमा १९ वर्षीय दिनेश तिवारीलाई साइबर ब्युरोले पक्राउ गरेको हो । 

साइबर ब्युरोका एसएसपी नवीन अर्यालका अनुसार फुडमाण्डुले दिएको उजुरीपछि अदालतबाट अनुमति दिएर हिजो बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो । 

फुडमाण्डुले आफ्नो सर्भर ह्याक गरी त्यहाँभित्रका व्यक्तिगत सूचना सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै अनुसन्धानका लागि साइबर ब्युरोमा उजुरी दिएको थियो ।

पक्राउ परेका तिवारीमाथि अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्