
छोरीको विवाहका लागि सरकार १० ग्राम सुन उपहार दिँदै आएको छ । यो उपहार योजना त्यस्ता परिवारका लागि हो जो छोरीका लागि कोशेलीका रुपमा सुन दिन चाहान्छन्, तर आर्थिक अभावका कारण दिन सकिरहेका हुँदैनन् ।
भारत सरकारले यसै पनि छोरीका लागि कैयौं योजना सञ्चालन गरिरहेको छ । उनीहरुको शिक्षादेखि जीवनका कैयौं अवसरमा सरकारी अवसरको फाइदा पनि मिल्छ । तर, अब छोरीको विवाहका लागि पनि १० ग्राम सुन दिने भएको छ ।
छोरीको विकास र उनीहरुको अधिकार रक्षाका लागि केन्द्र तथा राज्य सरकारले कैयौं फरक फरक योजना सञ्चालनमा ल्याएका छन् । असम सरकारका तर्फबाट चलाइएको अरुन्धति स्वर्ण योजना पनि समेटिएको छ ।
यसमा छोरीको विवाहमा राज्य सरकारका तर्फबाट उपहारस्वरुप १० ग्राम (अर्थात करिब एक तोला) सुन दिइने गरिएको छ । असम सरकारले अरुन्धति स्वर्ण योवना अघिल्लो वर्ष सुरु गरेको थियो । यदि अन्य गरिब परिवारलाई पनि यो योजनामा सहभागी हुनका लागि निवेदन दिन अनुरोध गरिएको छ ।
कस्तो परिवारले पाउनेछन् यो उपहार
१. यो स्किम ती परिवारलाई मिल्नेछ जसको घरमा दुई छोरी हुनेछिन् । यदि दुईभन्दा धेरै छोरी भएको परिवारलाई यो स्किम अन्तर्गत सहभागी गराइने छैन ।
यो सुन केवल उनका लागि मात्रै हो, जो दुलाहको उमेर २१ वर्ष र दुलहीको उमेर १९ पुगिसकेको हुनेछ ।
२. यो योजनाबाट फाइदा लिनका लागि दुलहीको परिवारको आम्दानी वार्षिक ६ लाख रुपैयाँ भन्दा कम हुनुपर्नेछ । यो भन्दा बढी आम्दानी हुनेले सुन पाउनेछैनन् ।
३. योजनाका फाइदा छोरीको पहिलो विवाहमै मिल्नेछ । यसपछि दोस्रो विवाह गरेको खण्डमा यो योजना लागू हुनेछैन ।
४. १० ग्राम सुन केवल त्यस्ता समुदायको दुलहीलाई मिल्ने छ, जहाँ विवाहमा अनिवार्य सुन दिनुपर्ने प्रथा छ ।
५. विवाहको स्पेशल कानुन अनुसार दर्ता हुनुपर्ने छ। जुन दिनमा विवाह दर्ता हुन्छ त्यही दिनमात्रै सुन पाउनका लागि आवेदन भर्न पाइने छ । एजेन्सी