२७ जेठ २०८३, बुधबार

गाउँपालिकामा अस्पताल बनाउन स्थानीयले गरे जग्गादान

मंसिर २४, २०७७
गाउँपालिकामा अस्पताल बनाउन स्थानीयले गरे जग्गादान
प्रतिकात्मक तस्वीर

डोटीको केआइसिंह गाउँपालिकामा १० शय्याको सामुदायिक अस्पताल बनाउन स्थानीयले निःशुल्क जग्गादान गरेका छन् ।

गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा कागजी प्रक्रिया पूरा गरी मालपोत कार्यालयबाट अस्पतालका नाममा नामसारी गरिएको बताए ।

गाउँपालिकामा अस्पताल निर्माण गर्न स्थानीयले ९ रोपनी जग्गादान गरेका छन् ।

अस्पताल निर्माणका लागि स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले ३ रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक, रघुनाथ पाठक, प्रेमप्रसाद पाठक र श्यामप्रसाद पाठकले ३ रोपनी र स्व. कमलदेव पाठकका छोरा डिल्लीराज पाठकले पनि ३ रोपनी गरी दान गरेका हुन् ।

अस्पताल निर्माण गरी यहाँका नागरिकलाई सेवा दिन बुवाको स्मृतिमा आफूहरूले जग्गादान गरेका गौरीलालका छोरा विश्वनाथले बताए ।

उनले भने, ‘हामीले दान गरेको जग्गामा अस्पताल बने यहाँका गरीबले सेवा पाउने छन्, हामी खुशी भएर जग्गादान गरेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्