
मेक्सिकोको गुआनाहुआतो राज्यमा मैत्रीपूर्ण फूटबल खेलका क्रममा झगडा भएपछि गोली हानाहान हुँदा चारजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आइतवार फूटबल खेल्न अनि खेलपछि मासुभात खान भेला भएका मानिसहरूले झगडा गरेका थिए ।
गोली चल्न थालेपछि घाइते भएका कैयौं खेलाडी र अन्य भागेर पार्क नजिकैको कब्रिस्तानमा लुकेका थिए ।
मंगलवारसम्म कसैलाई पनि पक्राउ नगरिएको गुआनाहुआतो राज्यको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
कोभिड–१९ फैलिएपछि सरकारले उक्त पार्क बन्द गरेको थियो ।
उक्त राज्यमा देशकै सबभन्दा बढी हत्या हुने गरेका छन् र राज्य सरकारले हत्याहिंसा रोक्न सकेको छैन । विगत तीन वर्षदेखि जालिस्को न्यु जेनेरेसन कार्टल र सान्ता रोजा दे लिमा कार्टलबीचको लडाइँका कारण राज्यका एक लाख ८४ हजार मानिसको जीवन अस्तव्यस्त भएको छ ।