१० असार २०८३, बुधबार

अमेरिकाका नेताहरूलाई फकाएर गोप्य सूचना लिने चिनियाँ महिलाको खुलासा

मंसिर २४, २०७७
अमेरिकाका नेताहरूलाई फकाएर गोप्य सूचना लिने चिनियाँ महिलाको खुलासा

चीनका लागि अमेरिकामा जासूसी गर्ने एक महिलाको विषयमा एक्सियोस डट्कमले खुलासा गरेको छ । 

रिपोर्टअनुसार, चिनियाँ महिलाले पाँच वर्ष अमेरिकामा बस्दा अनेकौं नेतासँग रोमान्टिक समबन्ध बनाइन् । कम्तीमा दुई नेताले महिलासँग रात पनि बिताए । 

समाचारअनुसार, फाङ फाङ नामक गरेकी महिला चीनको गुप्तचर संस्थाका लागि काम गरिरहेकी थिइन् । उनले कैयौं अमेरिकी नेताहरूका लागि फन्ड समेत जुटाएकी थिइन् । 
 

फाङ सन् २०११ देखि २०१५ सम्म क्यालिफोर्नियामा बसेको अनि एफबीआईले समात्न सक्छ भन्ने लागेपछि अमेरिकाबाट भागेको बताइएको छ । 
 

फाङले अमेरिकी सांसद एरिक स्वालवेल र तुलसी गाब्बार्डका लागि फन्ड जुटाउन सहयोग गरेकी थिइन् । 

क्यालिफोर्नियाको राजनीतिक वृत्तमा उनी प्रख्यात भएकी थिइन् र उनले दुई नेतासँग शारीरिक सम्बन्ध पनि बनाइन् । 
 

फाङको गतिविधिले चीन सूचना पाउनका लागि जुनसुकै हदसम्म जान सक्छ भन्ने देखाएको छ । 
 

फाङ अमेरिका पुग्नका लागि क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा भर्ना भएकी थिइन् । उनी चाइनिज स्टुडेन्ट एसोसिएसन र एसिया प्यासिफिक आइल्यान्डर अमेरिकन पब्लिक अफेयर्सकी अध्यक्ष पनि छानिएकी थिइन् । 

त्यसैमार्फत उनले क्यालिफोर्नियाको राजनीतिक वृत्तमा प्रवेश गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्