२३ असार २०८३, मंगलबार

दक्षिण भारतीय अभिनेत्री भिजे चित्राले गरिन् आत्महत्या

मंसिर २४, २०७७
दक्षिण भारतीय अभिनेत्री भिजे चित्राले गरिन् आत्महत्या

चर्चित अभिनेत्री भिजे चित्रा कामराजले आत्महत्या गरेकी छन् । साउथ अभिनेत्री भिजे चित्राको मृत्युले साउथ फिल्म उद्योगमा शोकको लहर चलेको छ । २८ वर्षीया चित्राले केही समयअघि मात्रै चर्चित व्यापारी हेमन्त रविसँग इंगेजमेन्ट गरेकी थिइन् । 

होटलको कोठामा झुण्डिएको पाइयो शव

चित्रा कामराजले चेन्नईको एक होटलमा फाँसी लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । होटलको कोठामा उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । चित्रा पाण्डियन स्टोर्सको सीरियलमा आफ्नो अभिनयका कारण चर्चामा थिइन् । 

यो शो अहिले विजय टिभीमा प्रशारित हुँदै आएको छ । चित्रा यो धारावाहिक सिरियलमा मुलईको भूमिकामा देखिन्थिइन् । खबर अनुसार चित्रा डिप्रेशनमा थिइन् । हालै डिप्रेशनकै कारण आत्महत्या गरिएको हुनसक्ने बताइएको छ । 

चित्रा कामराजले यतिबेला सुटिङ गरिरहेकी थिइन् । करिब रात २ः३० मिनेटमा सुटिङ सकेर होटठल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना मंगेतर हेमन्तका साथ बसेकी थिइन् । प्रहरीसँग हेमन्तले सुटिङबाट आएपछि नुहाउन गएको तर धेरैबेरसम्म बाहिर नआएको बताएका छन् ।

हेमन्तले भनेका छन् की, ‘ढोका ढक्ढक्याए पनि भित्रबाट कुनै प्रतिक्रिया आएन, त्यसपछि मैले होटलका स्टाफलाई यसबारे भने, डुब्लीकेट साँचोले ढोका खोलेपछि भित्र सिलिङमा झुण्डिरहेकी भेटिइन् ।’

उनको यस आत्महत्याबारे परिवारका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्