२२ जेठ २०८३, शुक्रबार

५० हजार मेट्रिक टन युरिया मल ल्याउन मन्त्रालयलाई बाटो खुल्यो, मन्त्रिपरिषद्ले गर्यो निर्णय

मंसिर २४, २०७७
५० हजार मेट्रिक टन युरिया मल ल्याउन मन्त्रालयलाई बाटो खुल्यो, मन्त्रिपरिषद्ले गर्यो निर्णय

सरकारले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिएको छ ।

यही मङ्सिर १५, १८ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले मल  जिटुजी प्रक्रियाबाट खरिद गर्नका लागि कृषि मन्त्रालयलाई स्वीकृत प्रदान गरिएको बताए ।

यसअघि सरकारले मल खरिद गर्ने निर्णय गरेको थियो । यस्तै सरकारले विभिन्न दातृ निकायसँग आर्थिक सहायता लिने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले सवारी चालक अनुमतिपत्रको नवीकरण एवं सङ्घको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनको जाँचपास र बाटो इजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मङ्सिर मसान्तभित्र परेमा ढिलो भएबापत र नवीकरण म्याद नाघेबापत बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गर्ने गरी स्वीकृति दिने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्