
आजसम्म देशभरका ७७ जिल्लामध्ये ३ जिल्लामा कोरोना सङ्क्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शुन्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा काठमाडौँ, ललितपुर र कास्की रहेका छन् ।
आज थपिएका सङ्क्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।