०३ साउन २०८३, आइतबार

भारतको किसान आन्दोलनका कारण मोदी सरकारको प्रतिष्ठा दाउमा

मंसिर २५, २०७७
भारतको किसान आन्दोलनका कारण मोदी सरकारको प्रतिष्ठा दाउमा

भारतको केन्द्र सरकारले किसान नेताहरूसँग कुराकानी गरेर नयाँ कृषि कानूनका विषयमा बीचको बाटो पहिल्याउन खोजेको भए पनि किसान नेताहरूले कानून खारेज नगरुन्जेल आन्दोलन जारी रहने बताएका छन् । 

कानूनमा संशोधनका लागि लिखित प्रस्ताव सरकारले पठाएकोमा किसानहरूले त्यसलाई बेवास्ता गरेका छन् । 

सरकारले कुनै हालतमा नयाँ कृषि कानून फिर्ता नलिने बताएको छ । 

किन सरकार यति जिद्दी भएको हो ? यसमा राजनीतिक कारण छ कि कृषि क्षेत्रको अर्थशास्त्र पनि जोडिएको छ ? 

भारतीय जनता पार्टीका बारेमा वर्षौंदेखि लेखिरहेकी वरिष्ठ पत्रकार निस्तुला हेब्बार भन्छिन्, ‘कृषि सुधारका लागि यी कानून आवश्यक रहेको सरकारको तर्क छ । एनडीएको मात्र नभई यूपीएको सरकारले पनि सुधारको कुरा गरेको थियो । तर कुनै पनि राजनीतिक दलमा यसो गर्ने इच्छाशक्ति थिएन र आवश्यक संख्याबल पनि थिएन । अहिले भाजपा केन्द्रमा ३०० भन्दा बढी सीटका साथ आएको छ । अहिले कृषि सुधार कानून ल्याउन भने कहिले पनि लागू गर्न सकिन्न भन्ने उसलाई थाहा छ ।’

कानून फिर्ता लिँदा सरकारको प्रतिष्ठामा दाग लाग्ने उनको भनाइ छ । 

सरकारलाई यी विरोधहरू विरोधका लागि मात्र भएको जस्तो लागेको छ । 

नयाँ कानूनप्रति पञ्जाब र हरियाणाका किसानलाई मात्र आपत्ति रहेको केन्द्र सरकारलाई लागेको छ । दुवै राज्यमा मण्डी व्यवस्था अन्य राज्यको तुलनामा राम्रो छ । 
 

बिचौलियाहरूको बोलबाला यिनै राज्यमा बढी छ । उनीहरू करको नाममा केही पनि नगरी मोटो रकम कमाउँछन् । यिनै दुई राज्यले मात्र न्यूनतम समर्थन मूल्य निर्धारण गरिएका अन्न बढी उत्पादन गर्छन् । 

यी दुई राज्यबाहिर अन्यत्र नयाँ कानूनको बढी विरोध नभएको सरकारको मान्यता छ । देशका अधिकांश किसानहरू अहिले पनि मण्डीबाहिर फसल बेचिरहेका छन् । 

सन् २०१५ मा शान्ता कुमार कमिटीले दिएको प्रतिवेदनमा उल्लेख भएअनुसार, न्यूनतम समर्थन मूल्यको लाभ ६ प्रतिशत किसानले मात्र पाएका छन् । 

यति ठूलो संख्यामा किसानहरू दिलली पुग्लान् भनी सरकारले अनुमान गर्न सकेको थिएन । मंगलवार यसै विषयमा आह्वान गरिएको भारत बन्दको असर उत्तर प्रदेश र मध्य प्रदेश जस्ता राज्यमा यसको असर मिश्रित देखियो ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्