
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध गरेको छ ।
बिहीवार बसेको बैठकमा हत्यामा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरिएको छ ।
बैठकले हत्यामा संलग्नलाई कारवाहीको समेत माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
कांग्रेस बैठकले मंसिर २९ गते ७७ जिल्लामा हुने प्रदर्शनमा सहभागिताका लागि समेत अपिल गरेको छ ।
बैठकमा क्रियाशील सदस्य एवं जनसम्पर्क समितिबारे जरुरी छलफल भएको प्रवक्ता शर्माले बताए ।