१८ असार २०८३, बिहीबार

बालुवाटार पुगेर भाजपाका विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री ओली

मंसिर २५, २०७७
बालुवाटार पुगेर भाजपाका विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री ओली

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रमुख चौथाइवाले बिहीवार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटघाट गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

चौथाइवा काठमाडौं आएका बेला प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका थापाले बताए ।

प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका बेला भारतबाट एकपछि अर्काे नेपाल भ्रमण भइरहेका छन् । केही दिनअघि भारतीय विदेश सचिवले नेपाल भ्रमण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्