०५ साउन २०८३, मंगलबार

छिट्टै दुईबाट तीन बन्ने भन्दै अनुष्काले शेयर गरिन् वर्षगाँठको तस्वीर

मंसिर २६, २०७७
छिट्टै दुईबाट तीन बन्ने भन्दै अनुष्काले शेयर गरिन् वर्षगाँठको तस्वीर

भारतीय क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माबीच ११ डिसेम्बर २०१७ मा इटलीमा बिहे भएको थियो । त्यहाँ केही नजिकका साथी र इष्टमित्र मात्रै सहभागी थिए । पछि मुम्बइमा आएपछि एक रिसेप्सन पार्टीको आयोजना गरी सबैलाई सहभागी गराएका थिए । 

उनीहरुको बिहे भएको तीन वर्ष पुगेको छ । आज उनीहरु आफ्नो विवाहको तेस्रो वर्षगाँठ मनाउँदैछन् । वैवाहिक वर्षगाँठको अवसरमा अनुष्काले तस्वीरसहित क्याप्सन शेयर गरेकी छन् । इन्टाग्राममा तस्वीर शेयर गर्दै उनले छिट्टै दुईबाट तीन हुने बताएकी छन् । 

अहिले अनुष्का गर्भवती छिन् । ‘हाम्रो साथको तीन दिन र छिट्टै तीन हुनेवाला छौं । मिस यू’, अनुष्काले भनेकी छन् । यसअघि बिराटले पनि एक तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए । जो तस्वीर उनको विवाहका बेला खिचेको हो । 

अहिले दुवैका लागि महत्वपूर्ण समय हो । आगामी महिना अनुष्काले बच्चालाई जन्म दिँदैछन् । विश्वका धरन्धर क्रिकेटरमा गनिने विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माका लागि ११ डिसेम्बरको दिन बहुत खास हो । किनकी आजकै दिन सन् २०१७ मा उनीहरु लगनगाँठोमा बाँधिएका थिए । बिहेअघि दुवै जनाको ठाकठुक परेपछि ब्रेकअपको अवस्थामा समेत पुगेका थिए । 

सन् २०१४ मा जब भारतीय टिम इङल्याण्डमा खेल खेल्न गएको थियो । त्यसबेलादेखि अनुष्का पनि टिमलाई सपोर्ट गर्न गएकी थिइन् । बिराटले त्यसबेला सिरिजमा खासै प्रदर्शन गर्न सकेनन् । त्यसपछि अनुष्काले बिराटको आलोचना गरेकी थिइन् । कैयौंपटक यस्तो भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्