२३ असार २०८३, मंगलबार

बिहेका लागि ढिलो प्रपोज गरेको भन्दै प्रेमीविरुद्ध अदालत पुगिन् प्रेमिका !

मंसिर २६, २०७७
बिहेका लागि ढिलो प्रपोज गरेको भन्दै प्रेमीविरुद्ध अदालत पुगिन् प्रेमिका !

हरेक व्यक्तिको सोँच अनुसार प्रेमको मतलब फरक फरक हुन्छ । केही मानिसहरु मान्छन् कि समयका साथ सम्बन्ध गहिरो हुन्छ र प्रपोज गर्दछन् भने, केही मानिसहरु छिट्टै प्रपोज गरिहाल्छन् । 

हरेक सम्बन्धलाई मजबुत बनाउन समय निकै लाग्छ । 

जाम्बियामा एक अनौठो घटना भएको छ । विवाहका लागि ढिलो प्रपोज गरेका कारण एक युवतीले आफ्ना प्रेमीविरुद्ध अदालतमा उजुरी हालेकी छन् । 

टाइम्स नाओका अनुसार ग्रेट्युड नोग्मा नामकी एक युवतीले आफ्नो प्रेमीलाई विवाहका लागि ढिलो प्रपोज गरेको भन्दै मुद्दा दायर गरेकी हुन् । 

८ वर्षदेखि उनीहरु सम्बन्धमा थिए । अहिले प्रेमीले जब विवाहका लागि प्रस्ताव गरे तब प्रेमीलाई अदालतमा मुद्दा हालेकी हुन् । 

ग्रेट्यडले एक त लामो समयसम्म प्रपोज नगरेको बताएकी छन् । जसमा आफ्नो पनि धेरै समय बर्बाद भएको बताएकी छन् । 

अदालतमा आफ्ना प्रेमीविरुद्ध उनले विवाहका लागि प्रेमी कहिल्यै सिरियस नदेखिएको र अहिले लामो समयपछि मात्रै प्रस्ताव राखेर समय नस्ट गरेको आरोप लगाएकी छन् ।

अदालतले आपसीमा समझदारी गरेर विवाद मिलाउन आदेश दिएको छ । उनीहरु दुवैको एक बच्चा पनि छ ।  

‘सम्बन्धबारे उनी कहिले पनि सिरियस देखिएनन्, त्यसैले म अदालतसम्म पुगेकी हुँ,’ आरोपत्रमा उनले भनेकी छन्, ‘मलाई यो जान्ने हक छ कि अगाडि के हुनेवाला हो ।’

केही महिनाअघि भारतमा पनि यस्तै एक घटना भएको थियो । जहाँ पतिविरुद्ध झगडा नगरेको भन्दै पत्नीले अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दिएकी थिइन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्