१९ असार २०८३, शुक्रबार

आफ्नै आमामाथि दुईसयपटक चक्कु प्रहार, गर्धन छिनेपछि रिस शान्त

मंसिर २६, २०७७
आफ्नै आमामाथि दुईसयपटक चक्कु प्रहार, गर्धन छिनेपछि रिस शान्त

अस्ट्रेलियाको सिड्नीमा एक महिलाले आफ्नै आमाको निर्ममतापूर्वक हत्या गरेकी छन् । जेसिका क्यामलेरी नामकी महिलामाथि आफ्नै आमाको क्रुर तरिकाले हत्या गरेको आरोप छ ।

जेसिकाको उमेर २७ वर्ष हो । उनले आफ्नी आमाको शरीरमा करिब दुई सयपटक चक्कु प्रहार गरेकी थिइन् । त्यतिगर्दा पनि शान्त नभएकी उनले आफ्नी आमाको जिब्रो र गर्धन छिनाइन् ।

अदालतमा अहिले जेसिकाले आफू दिमागी रुपमा बिरामी भएकाले सजाय नदिन अपिल गरेकी छन् ।

आरोप अनुसार जेसिकाले दुईसय पटकभन्दा धेरै चक्कु प्रहार गरेको, त्यसपछि नाक, खान, आँखा, जिब्रो र घाँटीसमेत काटेकी थिइन् । 

इकालामा हत्या भएको सूचना मिलेपछि प्रहरी जाँदा किचनमा शव लुकाइएको फेला परेको थियो । जाँचबुझपछि जेसिका क्यामलेरी र उनकी आमाबीच कुनै कुरालाई लिएर विवाद भएको पाइएको छ ।

प्रहरी रिपोर्टअनुसार जेसिकाले आफ्नी आमामाथि प्रहार गरेकी थिइन् । कोर्टमा आरोपी जेसिकाले आफ्नी आमालाई चक्कु प्रहार गरेको र पछि घाँटी छिनालेको बताएकी थिइन् ।

उनका वकिलले दिमागी रुपमा जेसिका बिरामी भएकाले सजाय भन्दा पनि अस्पताल पठाइनुपर्ने अपिल गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्