
बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजा हृदयघातका कारण अस्पताल भर्ना भएका छन् ।
हृदयघात भएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । भारतिय मिडियाका अनुसार अहिले उनको अवस्था सामान्य छ ।
उनको एञ्जीओप्लास्टीको शल्यक्रिया पनि गरिएको छ, जुन सफल भइसकेको छ ।
हृदयघातको खबर बाहिरिएपछि रेमोका प्रशंसकहरुले सामाजिक संजालमा उनको शिघ्र स्वास्थलाभको कामना गरिरहेका छन् ।
हाल उनको उपचार भइरहेको छ भने स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ ।