
राजधानीको कलंकी नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै आधा दर्जनका हाराहारीका सवारीसाधानमा समेत क्षति पुगेको छ । प्रहरीका अनुसार २–०३–००१ ख १४३० ट्रक हेटौंडाबाट सिमेन्ट लिएर राजधानीको सुकेधारा जाँदै थियो ।
शुक्रबार साँझ सो ट्रक अनियन्त्रित भएर एक ट्याक्सी, एक बस, एक स्कुटरसहितका आधा दर्जन सवारीलाई ठक्कर दिँदै एउटा घरमा पसेको प्रहरीको भनाइ छ ।
ट्रक अनियन्त्रित हुँदै बायाँतर्फ हुत्तिन पुगेको भन्दै प्रहरीले घटनामा एक जनाको मृत्यु र ६ जना घाइते भएको जनाएको छ ।
दुर्घटनाका तस्बिरः


