
इटलीका गृहमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको भनिएकोमा अहिले आएर ‘गलत’ सावित भएको छ ।
यसै हप्ताको सुरुमा उनलाई कोरोना परीक्षण गर्दा सङ्क्रमण देखिएको भनिएकोमा त्यो सही नभएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका हुन् ।
“उहाँलाई गत सोमबार लुकिना लमोर्गेसमा पिसिआर टेष्ट गर्दा कोरोनाभाइरसबाट सङ्क्रमण भएको देखाइएको थियो । तर अहिले त्यो विवरण गलत रहेछ भन्ने देखिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् ।
पहिलो परीक्षण सोमबार गरेपछि बुधबार र बिहीबार दुई दिन फेरी परीक्षण गर्दा भने सङ्क्रमण नदेखिएको हो ।