१९ असार २०८३, शुक्रबार

विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान

मंसिर २७, २०७७
विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान

कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । 

पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तरक्रियाका सहभागीले भारतीय सीमा क्षेत्रका शहरबाट भारतीय नागरिकको आवागमन बढाउन पोखराका हिमशृङ्खला, धार्मिकक्षेत्र, ताल र पदयात्राको आकर्षणबारे प्रचार गरी स्वास्थ्य सुरक्षा पालनासहित अविलम्ब सीमा खोल्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले विराटनगर तथा पोखरा पर्यटकीय बस र दैनिक हवाई सेवा सञ्चालनमा निजी तथा सरकारलाई दबाब दिनुपर्ने आवश्यक्ता औँल्याएका छन् ।
    
पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरामा पर्यटक भित्र्याउन अहिले होटल र प्याराग्लाइडिङ, बन्जी जम्पीङमा ५० र खानामा २० प्रतिशत छुट दिएको जानकारी दिए । 

होटल व्यवसायी सङ्घ प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । 
    
आन्तरिक पर्यटक समितिका प्रदेश संयोजक भविष श्रेष्ठ, पोखराका पर्यटन व्यवसायी हरि शर्मा गैरे, विराटनगरका होटल व्यवसायी पूण्य भट्टराई र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रदेश नं १ को भारतीय सीमा क्षेत्र पश्चिम बङ्गाल र विहारका जनतालाई पोखराको पर्यटन क्षेत्रसँग जोड्न आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्