०१ असार २०८३, सोमबार

प्रजातन्त्र सेनानी श्रेष्ठको निधनमा कांग्रेसले आधा झण्डा झुकाउने

मंसिर २७, २०७७
प्रजातन्त्र सेनानी श्रेष्ठको निधनमा कांग्रेसले आधा झण्डा झुकाउने

नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

शनिबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आइतबारसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको छ । 

यस्तै स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा १३ औं दिनमा काठमाडौंमा भौतिक  दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय बैठकले गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

काठमाडौं जिल्लाका पूर्व सभापति समेत रहेका श्रेष्ठको ८० वर्षको उमेरमा मंसिर २६ गते भएको थियो । 

२०१८ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका स्वर्गीय श्रेष्ठले पटक–पटक गरी १७ वर्ष भन्दा लामो समयसम्म बन्दी जेल जीवन बिताएका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता श्यामलाल श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित थिए ।

salt training

कमेन्ट गर्नुहोस्