०३ साउन २०८३, आइतबार

राम्रो इनर्जी र फिटनेसका बावजुद पनि हृदयघातको खतरा

मंसिर २६, २०७७
राम्रो इनर्जी र फिटनेसका बावजुद पनि हृदयघातको खतरा

शुक्रबार डान्स कोरियोग्राफर तथा फिल्म निर्देशक रेमो डिसुजालाई हृदयघात भएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।

मिडिया रिपोर्टसका अनुसार रेमोको मुटुमा रहेको ब्लकेज हटाएपछि उनलाई आईसीयूमा राखिएको छ । 

रियालिटी शोमा अक्सर देखिने रेमो एकदम फिट देखिन्छन् । डान्स गर्नेबेला उनको इनर्जी लेभल निकै माथि हुन्छ ।

यति लेभलमा कोही पनि डान्स गर्न सक्दैनन् । तर, अचानक हृदयघात भएपछि यति फिट मान्छेमा पनि कसरी यो समस्या आयो भन्ने दुविधामा छन् । 

शारीरिक रुपमा फिट नहुनु र इनर्जी लेभल तल हुनुले मात्रै हृदयघात हुँदैन । मान्छेलाई हृदयघात हुने कुराहरु धेरै छन् । तीमध्ये मुख्यमुख्य यस्ता छन् । 

धूम्रपान

मायो क्लीनिकको एक रिपोर्टअनुसार धुम्रपान गर्ने व्यक्तिमा पनि हृदयघात हुने सम्भावना हुन्छ । लामो समय धुम्रपान या धुम्रपान गर्ने व्यक्तिको नजिक बस्ने व्यक्तिलाई पनि हृदयघातको खतरा हुन्छ । 

उच्च रक्तचाप

उच्च रक्तचापका बेला पनि हृदयलाई नियन्त्रित गर्ने धमनिलाई नोक्सान पुग्न सक्छ । अधिकांश मोटोपन भएका, कोलेस्ट्रोल र डायाबिटिजका कारण पनि उच्च रक्तचापको समस्या बढ्दछ । यसकारण यी सबै कुरालाई लिएर पनि सावधानी अपनाउनु आवश्यक हुन्छ । 

डायाबिटिज

शरीरमा प्यान्क्रियाजलाई सही ढंगले काम नगरेपछि शरीरमा सुगरको लेभल बढ्न जान्छ । यसले रक्तचापलाई सन्तुलनमा राख्ने खास हार्मोन उत्पादन हुन पनि बन्द हुन्छ । जसकारण मानिस उच्च रक्तचापको शिकार बन्दछ । 

अनुवांशिक

विशेषज्ञका अनुसार कैयौं मानिस अनुवांसिक कारणले पन िहृदयघातको शिकार बन्दछन् । जसको परिवार, भाई बहिनी, या ज्येष्ठ नागरिकमा यस्तो समस्या हुन्छ । उनीहरुलाई विशेष सावधानी अपनाउनुपर्दछ । पुरुष ५५ र महिला ६५ वर्षको हुँदा यो समस्या झन् बढेर जान्छ । 

स्ट्रेस

चिकित्सकका अनुसार धेरै तनाव लिने गरेका कारण पनि मानिस हृदयघातको शिकार बन्दछ । यसबाट बच्न नियमित रुपमा व्यायाम गर्नुपर्दछ । साथै खानामा सन्तुलन बनाउन पनि आवश्यक छ । 

salt training

कमेन्ट गर्नुहोस्