
चर्चित डान्सर, जज तथा कोरियोग्राफर पुनीत पाठक र निधि सिंहको विवाह भएको छ । शनिबार भएको उनीहरुको विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
भिडियोमा कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बचियासँग डान्स गर्दै गरेको देखिन्छ ।
यस भिडियोमा भारती सिंह, पुनीत र उनकी पत्नी निधिसँग डान्स गरिरहेका छन् । भारती सिंहका पति हर्ष लिम्बचिया डान्समा स्टेप मिलाउने कोशिस गरिरहेका छन् ।
भारती र अन्य सबै निकै खुसी देखिन्छन् । भारती सिंह र पुनीत पाठकको मित्रता निकै पुरानो हो ।