०१ असार २०८३, सोमबार

पाकिस्तानी पत्रकारको अंग्रेजी सुन्नुस्, मजाले हाँस्नुस् (भिडियो सहित)

कात्तिक २०, २०७४
पाकिस्तानी पत्रकारको अंग्रेजी सुन्नुस्, मजाले हाँस्नुस् (भिडियो सहित)
काठमाडौं – पाकिस्तानी पत्रकारहरूको भिडियो कुनै न कुनै कारणले सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन् । कहिलेकाहीँ पाकिस्तानी पत्रकार भैंसीसँग अन्तर्वार्ता लिइरहेका देखिन्छन् भने कहिलेकाहीँ प्रहरीले महिला पत्रकारलाई थप्पड हानेको भिडियो भाइरल हुन्छ ।


 सामाजिक सञ्जालमा अपलोड गरेपछि भाइरल भएको एउटा भिडियो हेरेर तपाईं पेट मिची मिची हाँस्नुुहुनेछ । यसमा पाकिस्तानी पत्रकारले बोलेको अंग्रेजी सुनेर रमाइलो हुन्छ ।

हुन त भिडियो पुरानो हो तर अपलोड र भाइरल हालैका दिनमा भएको हो ।

भिडियोमा एकजना जर्मन अधिकारीले प्रहरीको गाडीमा ठक्कर हानेपछि पत्रकारले उनीसँग सवालजवाफ गरेका छन् ।

जर्मन अधिकारीलाई उर्दू नआउने अनि पाकिस्तानी पत्रकारलाई कनीकुथी अंग्रेजी आउने ।

‘आर यु ड्रंक ?’ भनेर प्रश्न सोध्नुपर्नेमा ‘यु टुल’ भनेर सोध्छन् पत्रकारले । हामी नै सबै कुरा यहाँ लेख्दैनौं ।

भिडियो हेरेर हाँस्नुस् :

salt training

कमेन्ट गर्नुहोस्