
तपाइँले कहिले सोच्नुभएको छ, महिला र पुरुषको शर्टको बटन पनि अलग अलग साइडमा किन हुन्छ ? महिलाको शर्टको बटन बायाँतर्फ नै हुन्छ । जबकी पुरुषको दायाँतर्फ ।
शर्टमा बटन हुनुपछाडिका कैयौं थ्योरी छन् । पछिल्लो कैयौं शताब्दीदेखिको परम्परालाई आधार मान्दै तर्क गरिन्छ ।
एक मान्यता अनुसार पहिला पुरुष आफैं आफ्नो कपडा लाउँथे । जबकी महिलालाई अर्की महिलाले कपडा पहिराउँथिइन् ।
अधिकतर मानिस दाइने हातले काम गर्दछन् । यसैकारण पुरुषको शर्टमा दायाँतर्फ बटन लगाइन्छ र महिलाको बायाँतर्फ राखिन्छ ।
किनकी महिलालाई दोस्री महिलाले कपडा पहिराउँथिइन् ।