१२ असार २०८३, शुक्रबार

‘मेरो पैसा खोइ’ मा वर्षा राउत

कात्तिक २०, २०७४
‘मेरो पैसा खोइ’ मा वर्षा राउत
रोज राणाले निर्माण गर्न लागेको चलचित्र ‘मेरो पैसा खोइ’मा वर्षा राउतले पनि अभिनय गर्ने भएकी छिन् ।

विवेक शर्माले निर्देशन गर्ने उक्त चलचित्रमा सौगात मल्ल तथा वर्षा शिवाकोटीले अभिनय गर्ने छन् ।
चलचित्रका लागि यसअघि नै वर्षालाई लिने भनिए पनि पारिश्रमिकमा कुरा मिल्न सकेको थिएन ।

चलचित्रमा बलिउडका कलाकार जुही चावला, राजपाल यादव, संजय मिश्राले पनि अभिनय गर्नेछन् ।

चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक आफैले तयार पारेका हुन् ।

माघ १५ बाट काम थालिने चलचित्रको काठमाडौं, बुटबल, पोखरा, तथा मुस्ताङमा छायांकन हुनेछ । यो फिल्म हिन्दी तथा नेपाली दुबै भाषामा निर्माण हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्