
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘उखु किसान नै होइनन् यिनीहरू’ भन्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अभिव्यक्तिबारे सरकारको धारणा माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर प्रश्न गर्दै प्रवक्ता शर्माले मन्त्रीको बोली सरकारकै धारणा हो ? भनी प्रश्न गरेका हुन् ।
मन्त्री भट्टले माइतीघर मण्डलामा आन्दोलन गरिरहेकाहरू वास्तविक किसान नभएको टिप्पणी उद्योगीहरूको शब्द सापटी लिएर गरेका थिए ।
‘हिजो यिनको भोट चिन्ने आज यिनको अनुहार नचिन्ने ? उद्योगीले मूल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने ?’ प्रवक्ता शर्माले भनेका छन्, ‘किसान चिन, स्वर सुन, मुल्य तिराऊ, हाम्रो ऐक्यबद्धता छ !’
`उखु किसान नै होइनन् यिनिहरु´ जिम्मेवार मन्त्रीको यो बोली के सरकारकै धारणा हो सम्माननिय @Pm_Nepal ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 15, 2020
हिजो यिनको भोट चिन्ने आज यिनको अनुहार नचिन्ने ? उधोगिले मुल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने ? किसान चिन,स्वर सुन,मुल्य तिराउ l हाम्रो एक्यवद्धता छ l