२२ जेठ २०८३, शुक्रबार

हत्या आरोपी बालकलाई बाल सुधारगृहमा पठाइयो हत्या

मंसिर ३०, २०७७
हत्या आरोपी बालकलाई बाल सुधारगृहमा पठाइयो हत्या

चार वर्षीया बालिकाको हत्या आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । 

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

बागमती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मङ्सिर ३ गते हत्या भएको थियो । 

बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।  

बालिकाको हत्याको आरोपमा ती बालकलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्