०५ साउन २०८३, मंगलबार

अध्यादेशपछि नेकपामा तरंग, प्रचण्डलाई भेट्न नेम्वाङ खुमलटारमा

मंसिर ३०, २०७७
अध्यादेशपछि नेकपामा तरंग, प्रचण्डलाई भेट्न नेम्वाङ खुमलटारमा
फाइल फोटो

विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । 

बहुमत सदस्यको उपस्थितिमा संवैधानिक परिषद् बैठक बस्न र निर्णय गर्न सक्ने गरी राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेम्वाङ प्रचण्ड निवास पुगेका हुन् ।

प्रचण्डको सचिवालय स्रोतले नेम्वाङ खुमलटार आएको पुष्टि गर्‍यो । 

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने नेम्वाङ खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उनी अपराह्न ४ बजे खुमलटार पुगेका हुन् । 

अध्यक्ष प्रचण्डले अध्यादेशप्रति कडा आपत्ति जनाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्